जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्भिक अस्पतालले उद्धार गरेको झण्डै तीन महिना बित्न लाग्दा पनि मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन ।

निशालाई अझै पनि अक्सिजनकै सपोर्टमा सिसीयूमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । शरीरमा केही मासु लागे पनि घाउहरु भने लामो समयसम्म निको हुन नसकेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।
गत जेठ २७ गते नर्भिक अस्पतालका प्रबन्ध संचालक मेघा चौधरी र केही समाजसेवीहरु मिलेर निशाको उद्धार गरिएको थियो । हालसम्म उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध संचालक चौधरी र अस्पतालले बेहोर्दै आएको छ। अस्पतालका अनुसार हालसम्म निशाको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले नेपालमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गर्दापनि निशाको स्वास्थ्य अवस्थामा खासै सुधार आउन नसकेको बताउनुभयो ।
डा. पंकज जलान नेतृत्वको टिमले घिमिरेको उपचार गरिरहनुभएको छ । नर्भिकले सकेसम्म सबै विकल्पमा गएर निशाको उपचार गरिरहेको डा. जलानले बताउनुभयो ।
उहाँका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना देखिन्न । दुर्घटनापछि घिमिरेको ब्रेनमा निकै ड्यामेज भएको र लामो समय उपचारविहीन अवस्थामा राखिएकोले समेत अहिले सबै कोशिशका बाबजुद घिमिरेको अवस्थामा अपेक्षित सुधार हुन नसकेको उहाँको भनाई छ ।
अस्पतालले निशाको उपचारका क्रममा अरु कोही व्यक्ति वा संस्थाबाट कुनै पनि सहयोग नलिएको र लिन आवश्यक समेत नरहेको प्रष्ट पारेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
