जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी निषेधाज्ञा हटेको छ । यद्यपि निषेध शब्दलाई हटाएर जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गरेका छन् ।

ती आदेशहरु भोलीदेखि भदौ मसान्तसम्म लागू हुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख । नयाँ अदेश अनुसार रेष्टुरेन्ट, होटेल लगायत व्यवसायहरु सञ्चालन गर्न पाइने भएको छ ।
यद्यपि सरकारले तोकेको स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्ने छ । शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने आदेश जारी गरिएको छ ।
गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर स्थानीय तहले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी सँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने आदेशमा उल्लेख छ ।
पछिल्लो आदेशमा के छ ?
काठमाडौँ प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशमा समेटिएका बुँदा यस्ता छन्:
- शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइने। गर्नुपर्ने भए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानमा रहेर स्थानीय तहहरूले सीसीएमसीसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्ने,
- चाडपर्वहरू स्वास्थ्य प्रोटोकल पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रूपमा गर्ने,
- अनावश्यक मानिस जम्मा हुने, भिडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रामहोत्सव, भोज नगर्नेरनगराउने,
- व्यक्ति, समूह तथा संस्थाबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि गर्दा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर गर्न पाउने,
- स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने,
- सार्वजनिक तथा निजी निर्माण कार्यको लागि सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाउने,
- कोभिडको लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा परेका व्यक्तिहरूले सरकारले निःशुल्क व्यवस्था गरेको एन्टीजन तथा पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्थाको प्रभावकारी पालना गराउने,
- जिल्ला प्रशासन कार्यालयले कुनै पनि बेला अहिलेको व्यवस्था पुनरवलोकन हुनसक्ने भन्दै आदेशको उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाएको छ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
