जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको पुल्चोकमा अवस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले ५० रुपियाँ शुल्कमा सामुदायिक आँखा क्लिनिक शुरु गरेको छ । सेन्टरको छैटौं बार्षिकोत्सव तथा पुल्चोक ओरालोस्थित नयाँ भवनमा सरेको उद्घाटन समारोहमा सेन्टरका निर्देशक रोशन कक्षपतिले सो जानकारी गराउनुभएको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सेन्टरले आगामी एक महिनासम्म निःशुल्क आँखा परीक्षण, आँखा सौन्दर्य सर्जरी सेवामा २५ प्रतिशत र चश्मा मर्मतमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ । सेन्टरले ६ वर्ष अवधिमा करिब १० हजार व्यक्तिको आँखा उपचार सेवा प्रदान गर्न सफल भएको सेन्टरकी अध्यक्ष एवं आँखा एवं अकुलोप्लाष्टि सर्जन डा. पूजा राजभण्डारीले जानकारी गराउनुभयो ।

आँखाको प्लाष्टिक सर्जरीमा आँखाबाट निरन्तर आँशु वा पिप बगिरहने बिरामीको उपचार, आँखा वरिपरी बोसो, मुसा, मासुको डल्ले र ट्युमर हटाउने, उमेरको कारण आँखाको डिल बाहिर वा भित्र फर्केको उपचार, आँखाको ढकनी तलतिर सरेको उपचार, रोगका कारण आँखा साना वा ठूला भएको उपचार पर्दछन् ।

यसैगरी कस्मेटिक आई सर्जरीअन्तर्गत आँखाको मुन्द्री बनाउने, मंगोलियन आइृलिड सर्जरी, आँखाको बोसो हटाउने, आई ब्रो चिक लिफ्टिङ, अनुहारको चाउरीपन हटाउने आदि पर्दछन् । साथै सेन्टरले दृष्टि दोष, उच्चरक्ताप, मधुमेह, थायराइड, बाथरोग र शरीरका अन्य भागका लागेका रोगहका कारण आँखामा पर्ने असरको जाँच समेत गरिरहेको डा. राजभण्डारीको भनाइ रहेको छ । सो अवसरमा मेयर महर्जनले सेन्टरको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

सेन्टरले २०७२ सालदेखि सम्पूर्ण आँखा रोगको जाँच तथा उपचार गर्दै आएको छ ।


छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
