जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज देशभर २ हजार ४ जना कोरोना सङ्क्रमित थपिएका छन् । १० हजार ६ सय ५८ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ६ सय १९ जना तथा ३ हजार ९ सय ९२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ८५ जना गरी जम्मा २ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय ८६ जना पुगेको छ ।
सोही अवधिमा १ हजार ८ सय ४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३३ हजार ९ सय ४६ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।
जसमा ५ सय ४४ जनाले आइसियु र १ सय ६६ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
