जनस्वास्थ्य सरोकार, सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरु काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।

प्रतिष्ठान सुधारको माग राखेर तीन महिनादेखि आन्दोलन जारी राख्दा समेत सरकारले सुधारप्रति चासो नदेखाएको भन्दै उनीहरु पुन आन्दोलनमा उत्रिएका हुन ।
डा. बैकुण्ठ अर्यालको प्रतिबेदन तथा आन्दोलनकारी र डा. गोविन्द केसीसँग गरिएको सहमति कार्यान्वयन नगरेका कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डा. विष्णु पोखरेलले बताउनुभयो ।
अहिले प्रतिष्ठानको आकस्मिक, कोभिड उपचार र पूर्व निर्धारित परीक्षाका कार्यक्रम बाहेकका सबै सेवा ठप्प भएको छ । यसरी चिकित्सक र कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि सयौं बिरामीहरु अलपत्र परेका छन् ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करौडौं आर्थिक अनियमितता गरेको भन्दै उनीहरुको बर्खास्ती र प्रतिष्ठानमा अन्य सुधारका काम गर्नुपर्ने माग राखेर चिकित्सक र कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
