
प्रजनन तथा निःसन्तान विशेषज्ञ डा. चेतना श्रेष्ठ बसुन्धरास्थित ग्रिनसिटी हस्पिटल परिसरमा रहेको ‘स्नेह फर्टिलिटी सेन्टर’ की सञ्चालक हुनुहुन्छ । उहाँले फर्टिलिटीसम्बन्धि काम गर्न थालेको करिब ४ वर्ष पुगेको छ । डा. श्रेष्ठले सन् २०१५ मा इन्डियाको आग्रामा डा. नरेन्द्र मलहोत्रा र डा. जैवी मलहोत्रासँग आभिएफसम्बन्धि तालिम लिनुभएको थियो । सन् २०१८ देखि सयौं निःसन्तान दम्पतिहरुलाई सन्तान सुख दिन सफल हुनुभएको छ डा. श्रेष्ठ । विगतमा ग्रिनसिटी आईभिएफबाट सञ्चालन भएको सेन्टर अहिले नाम परिवर्तन गरी ‘स्नेह फर्टिलिटी सेन्टर’ का रुपमा सञ्चालित छ । यसै सेरोफेरोमा रहेर डा. श्रेष्ठसँग जनस्वास्थ्य सरोकारले गरेको कुराकानी ।
कतिलाई सन्तान सुख दिन सफल हुनुभयो ?
ठ्याक्कै त काउन्ट गरेर राखेको छैन । तर धेरैले सन्तान सुख पाउन सफल हुनुभएको छ । बर्षौदेखि सन्तान नभएका निःसन्तान दम्पत्तिहरु सन्तान सुखपछि खुशी भएर आउने गर्नुहुन्छ ।
फर्टिलिटीतिर रुचि बढ्नुको कारण के हो ?
विवाहित दम्पत्तिहरुमा निःसन्तान हुने समस्या बढ्दो गतिमा छ । करियर बनाउने चक्करले ढिलो बिवाह गर्ने दम्पत्तिहरु धेरै छन् । बिवाह गरिसकेपछि परिवारलाई पूर्णता दिन आफ्नै सन्तानको आवश्यकता पर्ने रहेछ । सन्तान जन्माउन खोज्दा निःसन्तानको समस्याले धेरैजनालाई स्ट्रेसमा पुर्याएको छ । अस्वस्थ्यकर जीवनशैली, वातावरणीय प्रदूषण, ढिलो विवाहले निःसन्तानको समस्या बढिरहेको छ । कतिपय दम्पत्तिहरु अझै पनि आईभिएफका लागि भारतमा गइरहेका छन् । यसैलाई दृष्टिगत गरेर यो क्षेत्रमा हात हालेकी छु । सन्तान सुख लिन धेरैजना सफल भएका छन् । यसले गर्दा भारत जाँदा हुनसक्ने ठूलो धनराशी जोगिनुका साथै गुणस्तरीय सेवा उपलब्ध गराउन सफल छौं ।
निःसन्तानको समस्या किन हुन्छ ?
महिलाहरुमा हुने ढिलो बिवाहले प्रजनन क्षमता दर कम हुँदै जाँछ । हरेक महिना महिनावारीको समयमा डिम्वको गुणस्तर र संख्या कम हुँदै जान्छ । २०—२५ वर्षमा जति राम्रोसँग गर्भाधारण हुने मौका हुन्थ्यो त्यति नै ३० वर्षपछि प्रजनन क्षमता कमजोर हुन्छ । पाठेघरमा मासु पलाएको अवस्थामा गर्भ रहन गा¥ह्रो हुन्छ । यदि गर्भ रहेमा पनि गर्भपतन हुनसक्ने सम्भावना रहन्छ । पाठेघरको दुवै भागमा रहेको डिम्ब बाहिनी नली ब्लक भएका महिलाहरुमा गर्भ रहन सक्दैन । बच्चा बन्ने ठाउँ नै ट्युब भएको र यौन सम्पर्कको क्रममा बीर्य र डिम्ब मिलन हुने ठाउँ पनि डिम्बबाहिनी नली हो । शुक्रक्रिटले डिम्बलाई फर्टिलाईज गरेर ट्युबमा बच्चा बनेपछि बिस्तारै तीन दिनदेखि एक हप्ताभित्र पाठेघरमा टाँसिने गर्छ ।
थायरोइड समस्यामा ल्याक्टिन हर्मोनको कमीले निःसन्तानको जोखिम बढाउँछ । पुरुषहरुको शुक्रक्रिटको क्वालिटी र क्वान्टिटीको अभावले पनि निःसन्तान हुने सम्भावना रहन्छ । विगतमा शल्यक्रिया भएका, संक्रमणको समस्या, वैदेशिक रोजगारका क्रममा अत्यधिक तापक्रममा काम गर्नेहरुमा निःसन्तानको समस्या देखिएको छ । ट्रेस र खानपानले पनि पुरुषहरुलाई असर पारेको हुन्छ ।
सन्तान सुखका लागि के कुरामा ख्याल गर्नुपर्छ ?
मुख्य त महिलाहरुमा डिम्ब निस्कने समय पारेर यौन सम्पर्क राखेमा गर्भाधान हुने सम्भावना धेरै हुन्छ । खासगरी डिम्ब एक दिन मात्र बाँच्छ । जब महिनावारी हुन्छ तब फोलिकल्स (स—साना फोका) काउन्ट गर्न थालिन्छ । यसलाई एक्युट मोलिक्युल काउन्ट भनिन्छ । दुईदिनदेखि एट्रोपिक पोलिकल काउन्ट गर्न थालिन्छ । त्यसपछि आठ वा दश दिनमा डोमिनेन्ट फोलिकल काउन्ट हेरिन्छ । ओभरीको दुवै भागमा १० देखि १२ वटा फोलिकल्स रहेका हुन्छन । ति मध्ये १० देखि १४ दिनभित्र एउटा फोलिकल्सले जितेर डोमिनेन्ट फोलिकल्स भएर निस्कन्छ । त्यो फोलिकल्स बढेर करिब २ मिलीमिरटको भइसकेपछि फुटेर ओभा निस्कन्छ । त्यो बेलामा पुरुषसँग यौनसम्पर्क भएमा शुक्रक्रिट र ओभाको मिलन भएर फर्टिलाइज हुन्छ र बच्चा हुने सम्भावना रहन्छ ।
महिनावारी हुनुभन्दा १४ दिन अगाडि ओभुलेसन हुने गर्छ । २८ दिनमा महिनावारी हुने भएमा त्यसको १४ दिन अघि ओभुलेसन हुने गर्छ । यसलाई ओभुलेसन किट वा स्क्यान गरेर पनि हेर्न सकिन्छ । त्यसैले महिनावारी भएको १२, १४, १६ दिनमा एक दिन बिराएर यौन सम्पर्क गर्ने सल्लाह दिने गरिन्छ । तर परिवार नियोजनका अस्थायी साधनको प्रयोगले बच्चा नहुने भन्ने हुँदैन ।
आईपिलको साइड इफेक्ट के छ ?
यौन सम्पर्क गरेको ७२ घण्टाभित्र खाएमा गर्भ नरहने चक्की आईपिलको धेरै साइडइफेक्ट हुन्छ । आईपिल सेवन गर्ने महिलाहरुमा बच्चा नलीमा बस्ने समस्या देखिएको छ । यसलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ । नलीबाट बच्चा पाठेघरमा नसर्ने र नली फुटेर आमाको ज्यानसमेत जोखिममा पर्नसक्छ । त्यसैले आइपिलको अभ्यास राम्रो होइन ।
अल्कोहल, धुम्रपान र तनावले कस्तो प्रभाव पार्छ ?
यसले फर्टिलिटीमा एकदमै धेरै असर गर्छ । फर्टिलिटीमा धुम्रपान धेरै नै नराम्रो हो । ढिलो विवाह र करियर ओरियन्टलगायतका तनावले फर्टिलिटीमा असर पारेका धेरै तथ्यहरु रहेका छन् ।
अन्त्यमा के भन्नुहुन्छ ?
बच्चा नभएमा महिलाको दोष देखाएर अर्को विवाह गर्न हुँदैन । कतिपय पुरुषहरुमा शुक्रक्रिट नै नहुने समस्या हुन्छ । त्यसैले महिलालाई दोष दिनु राम्रो होइन । पछिल्लो समयमा नेपालका डाक्टरहरु अब्बल छन् । भारतलगायतका देशमा गरिने र नेपालमा गरिने उपचार विधि र प्रक्रिया एउटै हो । त्यसमा शंका गर्नुपर्दैन । निर्धक्क भएर सेवा लिन आग्रह गर्दछु ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
