
जनस्वास्थ्य सरोकार । जोन पुट्नम मेरिल (मार्च १०, १९१७—अप्रिल १४, १९८४) एक अमेरिकन फिजिसियनएवं चिकित्सा शोधकर्ता थिए । उनले यस्तो टिमको नेतृत्व लिए जसले विश्वमा पहिलो सफल मिर्गौला प्रत्यारोपण गर्न सफलभयो ।
उनलाई सामान्य त फादर अफ नेफ्रोलोजी एवं फाउन्डर अफ नेफ्रोलोजीको श्रेय दिइन्छ जुन मिर्गौला र यसका रोगहरुको वैज्ञानिक अध्ययन हो ।
प्रारम्भिक जीवन
मेरिलको जन्म १९१७ मा अमेरिकाको हार्टफोर्ट, कनेक्टिकटमा भएको थियो । सन् १९३८ मा डार्टमाउथ कलेजबाट स्नातक गरेपछि उनी हार्वर्ड मेडिकल स्कूलमा भर्ना भए । उनले सन् १९४२ मा ग्राजुएटेड गरे र पिटर बेन्ट ब्रिघम अस्पतालमा इन्टर्न शुरु गरे । दोस्रो विश्वयुद्धको बेला उनले सेनामा चार वर्ष सेवा गरे । दुई वर्ष प्रशान्त महासागरको कजालेन टापुमा अपरेशनक्रस रोडहरुका साथ बिताए ।
करियर
मेरिलको पूरा करियर बोस्टनमा बेन्ट ब्रिघम अस्पतालमा बित्यो जुन अहिले ब्रिघम एण्ड ओमन्स हस्पिटलको नामले परिचित छ । उनले मेडिकल अनुसन्धानकर्ताको रुपमा सन् १९४७ मा काम शुरु गरे ।
मेडिसिनमा रेसिडेन्टको रुपमा उनलाई एउटा टोलीको नेतृत्व दिइयो जुन एउटा कृत्रिम मिर्गौला (ब्रिघम—कोल्फ डायलाइजर) तीब्र (एक्युट) र दीर्घकालीन (क्रोनिक) मिर्गौला फेलरहरुको उपचारको लागि प्रयोग गर्न विकसित भयो ।
सन् १९५० मा मेरिलले हार्वर्ड मेडिकल स्कूलमा पढाउन शुरु गरे । सन् १९५४ मा मेरिलले बहु—अनुशासनात्मक टीमको नेतृत्व गरे जसले समान जुम्ल्याहा भाइहरुबीचको मिर्गौलाको पहिलो सफल ट्रान्सप्लान्ट गर्यो । सन् १९७० मा मेरिल हार्वर्ड मेडिकल स्कूलमा पूर्ण प्राध्यापक बनिसकेका थिए । उनको विरासत उनका विद्यार्थी र चिकित्सकहरुमा पाउन सकिन्छ जसले उनीहरुलाई सल्लाह दिएका थिए । मेरिलको अप्रिल १४, १९८४ माहोप टाउन बहमासमा ६७ वर्षको उमेरमानिधनभएको थियो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
