
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालयहरू खोल्न सकिने भएको छ । कोभिड–१९ सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्न सकिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
प्रजिअ पराजुलीले अवस्था विश्लेषण गरी विद्यालय खोल्ने÷नखोल्ने जिम्मा भने स्थानीय तहलाई नै दिइएको राससलाई जानकारी दिनुभयो । काठमाडौँको स्थानीय तहका शिक्षा हेर्ने अधिकृत प्रतिनिधि र काठमाडौँका प्रजिअसहितको आजको बैठकले उक्त निर्णय गरेको हो ।
“कतिपय वडाहरूमा कोभिड शून्य रहेको पाइएको छ, ती वडाले सुरक्षित भएर असोज १ गतेपछि विद्यालय खोल्न सक्छन्, अन्य वडामा पनि कोभिडको अवस्था हेरेर खुलाउन सकिने भन्ने भएको छ, सबै अधिकार स्थानीय तहलाई नै दिइएको छ,” प्रजिअ पराजुलीले भन्नुभयो । अन्य जिल्लाले भने छलफलपछि मात्रै निर्णय लिने जनाएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
