जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज काठमाडौंका विभिन्न ८ अस्पतालमा कोरोना विरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो डोज लगाउन लागिएको हो ।
प्रहरी अस्पतालमा भेरोसेल र एस्ट्राजेनेका खोप र सेनाको अस्पतालमा भेरोसेल र जोन्सन एन्ड जोन्सन खोपको पहिलो र दोस्रो मात्रा लगाइने स्वास्थ्य कार्यालय काठमाडौँले जानकारी दिएको छ।
यस्तै समाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालमा एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइँदै छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


