जनस्वास्थ्य सरोकार, काठमाडौँ । वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् ।
वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या छ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ ।
प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको सङ्ख्या ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको छ ।
देशभर कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या हालसम्म ४८ लाख ९५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या हालसम्म ५५ लाख ३३ हजार ७९४ रहेको छ । रासस
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
