जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ ।
पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरिको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो ।
यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३१ हजार पुगेको अधिकारीले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलवार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३१ हजार २२२ जना नयाँ सङ्क्रमित थपिएका छन् । तीमध्ये केरला राज्यमा मात्रै १९ हजार ६८८ जना सङ्क्रमित भएका छन् ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३० लाख ५८ हजार ८४३ पुगेको मन्त्रालयले जनाएको छ । त्यसै गरी एक दिनमा ४२ हजार ९४२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
कोरोना शुरु भएदेखि हालसम्म भारतमा ३ करोड २२ लाख २४ हजार ९३७ जना यस रोगबाट मुक्त भएका सरकारी अधिकारीले मङ्गलवार जानकारी दिएको छ ।
पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम हुँदै आएको छ । त्यसै गरी पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा पनि वृद्धि भएको छ । मङ्गलवार प्राप्त समाचारअनुसार हाल भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या तीन लाख ९२ हजार ८६४ जना छन् ।
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म ४ लाख ४१ हजार ४२ जनाको मृत्यु भएको छ भने तीमध्ये २९० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
