जनस्वास्थ्य सरोकार, सल्यान । दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा सल्यान जिल्ला अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आइरहेको छ ।

स्वास्थ्य मौलिक अधिकार भए पनि स्वास्थ्यकर्मी नै नभएपछि अस्पतालबाट सेवा प्रवाह गर्न समस्या भइरहेको हो ।
नर्सको ९ दरबन्दी रहेकोमा दुई जना मात्र रहेका छन् । जसमा एक जना अध्ययन बिदामा रहेका छन् भने सिनियर अनमीको ३ दरबन्दी रहे पनि एक मात्र पदपूर्ति भएको सल्यान जिल्ला अस्पताले जनाएको छ ।
करारमा अन्य ७ जना राखेको भए पनि १५ शय्याको अस्पताल र कोभिड अस्पतालमा सेवा प्रवाह गर्न निकै समस्या हुँदै आइ रहेको सल्यान जिल्ला अस्पताल सल्यानका डा.प्रदीप शर्माले बताउनुभयो । डाक्टरको व्यवस्था भए पनि नर्स निकै कम हुँदा बिरामीलाई सेवा दिन समस्या हुने गरेको उहाँको भनाई छ ।
दैनिक १२ देखि १५ जनासम्म सुत्केरी हुने र जनरल वार्डमा ५ देखि १० जनासम्म बिरामी आउने गरेको नर्स तारा शाहीले बताउनुभयो । नौ जना स्टाफले १४सैं घण्टा काम गर्दा निकै समस्या हुने गरेको उहाँको भनाई छ ।
दिनमा भन्दा नाइट ड्युटीमा दुई जनाले मात्र गर्दा साह्रै गाह्रो हुने गरेको उहाँले बताउनुभयो “१२ जना जति दैनिक डेलिभरी भइरहेका हुन्छन् । डेलिभरी वार्डमा जाँदा जनरल तिर छुट्छ , जनरल तिर जाँदा डेलिभरी वार्ड तिर छुटी रहेको हुन्छ ।”
पछिल्लो समयमा कोभिड अस्पताल थपिदा झनै समस्या भएको अस्मिता बुढाथोकीको भनाई छ । दरबन्दीका स्टाफ नहुँदा प्रसूतिदेखि अन्य सेवा प्रवाह समस्या हुने गरेको उहाँको भनाई छ ।
जिल्ला अस्पतालका दरबन्दीका स्टाफ नर्स नभएको धेरै वर्ष भइसकेको भए पनि अहिलेसम्म पदपूर्ति हुन नसकेको डा. शर्माले बताउनुभयो । करारमा रहेका स्टाफको पनि करार म्याद थपिने नथपिने निश्चित नभएको उहाँको भनाई छ ।
जागिरको निश्चित नहुँदा करारमा बसेका नर्सहरू पनि तीन तीन महिनामा फेरिने गरेको शर्माले बताउनुभयो । प्रदेश सरकारलाई स्वास्थ्य जस्तो संवेदनशील विषयमा ध्यान दिन आग्रह गरेको भए पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
