जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले माघदेखि शुरु गरेको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत अहिलेसम्म १ करोड ७ लाख ३९ हजार ८ सय ६४ डोज खोप लगाइ सकेको जनाएको छ ।

कोरोना विरुद्धको एक मात्रा खोप लगाउनेमा ५६ लाख ८३ हजार ६१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ५० लाख ५६ हजार ८ सय ३ पुगेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
गएको २४ घण्टामा १ लाख २३ हजार २ सय ८६ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
१६ दशमलव ७२ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाइ सकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


