जनस्वास्थ्य सरोकार, नेपालगन्ज । बाँकेका प्रयोगशालामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज ७ जना डिस्चार्ज भएका छन् ।
यहाँका तीन वटा प्रयोगशालामा गरिएको १ सय १६ नमुना परीक्षणमा बाँकेका १० जनासहित १५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा १० जना, मेडिकलमा कलेज कोहलपुरमा ३ जना र बागेश्वरी ल्याबमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
हालसम्म बाँकेमा १८ हजार ७९ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ६ सय ७९ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ३० जनाको मृत्यु भएको छ ।
जिल्लामा १०० जना सक्रिय संक्रमित रहँदा २९ जना अस्पताल र आइसोलेसनमा छन् भने ९२ जना होम आइसोलेसनमा छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


