
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ललितपुरको सानेपास्थित स्टार अस्पतालले साइकल यात्रीहरुलाई शुभकामना सहित बिदाई गरको छ ।
विश्व साइकल यात्री पुस्कर शाहको नेतृत्वमा इलामको श्री अन्तुबाट मुगुको रारा तालसम्म हुन गईरहेको वृहत साइकल यात्रा कार्यक्रममा सहभागी हुने यात्रीहरुलाई अस्पतालले बिदाइ गरेको हो ।
अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले साइकल यात्रीहरुलाई खादा र नगद एक लाख ५० हजार रुपियाँ सहयोग गरी यात्रा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
साइकल यात्रा २८ दिनको रहने छ । हस्पिटलले निरन्तर रुपमा खेलकुद गतिविधि तथा सामाजिक कार्यमा संलग्न सरोकारवाला निकायहरु संग सहकार्य गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


