जनस्वास्थ्य सरोकार, काठमाडौं । लाइन्स क्लव जोन १२३ की चेयर पर्सन अन्जिला श्रेष्ठको आयोजनामा रानिबनस्थित मानव सेवा आश्रममा रहेका १३० बृद्धवृद्धा बुबाआमालाई मोतिविन्दुको निःशुल्क शल्यक्रिया र चश्मा वितरण गरिएको छ ।

सो अवसरमा लाइन्स क्लव अफ काठमाडौं निर्जला, लाइन्स क्लव अफ काठमाडौं मेचि महाकाली लायन्स क्लव अफ काठमाडौं गोंगबु, लियो क्लव अफ काठमाडौं निर्जलाले संयोजक रहेका थिए भने सो कार्यक्रममा फस्ट भाइस डिस्ट्रिक गभर्नर महेन्द्र पौडेल, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर मनिश्री बज्राचार्य, क्याविनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाई, डिस्ट्रिक एडमिनिस्टेटर अरुन लामिछाने, क्लस्टर ३० लाइन श्रीकृष्ण मानन्धर, ३२५ बी वनका डिस्ट्रिक चेयर पर्सन किरण श्रेष्ठको गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रममा फस्ट भाइस डिस्ट्रिक गभर्नर लायन महेन्द्र पौडेलले सम्बोधन गर्नुभएको थियो भने सो कार्यक्रम लायन्स क्लव अफ काठमाडौं निर्जलाको सेक्रेटरी रेखा थापाले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा दर खुवाउनुका साथै १ सय ३० जनामध्ये बृद्धा बुबाहरुलाई पछ्यौरी र आमाहरुलाई साडी वितरण गरिएको थियो । सो अवसरमा निर्जलाको अध्यक्ष गायत्री जोशी, गोगबुको रमेश कुँवर, लायन्स क्लव अफ काठमाडौं मेची महाकालीकी अध्यक्ष एमु शर्मा, उपाध्यक्ष रोशन पौडेल, लियो क्लव अफ काठमाडौंका अध्यक्ष अंकित श्रेष्ठको उपस्थिति रहेको थियो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
