जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी चिकित्सक तथा कर्मचारीहरुको आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
मन्त्रालयले एक सुचना जारी गर्दै आज आन्दोलनरत पक्षले उठाएका धेरै माग सम्बोधन गरिसकेको र केही विषयमा अनुसन्धान गरिरहेको भन्दै आन्दोलन फिर्ता गर्न अनुरोध गरेको हो ।
मन्त्रालयले २५ प्रतिशत सिनेटरले हस्ताक्षर गरी कु्लपति समक्ष पेस गरिसकेको र चाँडै नै उपयुक्त समयमा प्रक्रिया अनुसार छानबिन गरी पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने समेत जनाएको छ ।
भदौ २० गतेदेखि इमजेन्सी, कोभिढ–१९ र पुर्वनिर्धारित परीक्षा बाहेकका सेवा अबरुद्ध गरीरिहेको अवस्थामा मन्त्रालयले आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।
उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकोले प्रचलित कानुन बमोजिमको प्रक्रिया शुरु भैसकेको पनि मन्त्रालयले सुचनामा उल्लेख गरेको छ । उच्चस्तरिय छानबिन आयोग सिनेट बैठकबाट नै गठन हुने पनि जनाइएको छ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
