
जनस्वास्थ्य सरोकार, धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलित चिकित्सक तथा कर्मचारीहरु एकसातापछि काममा फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयले एक सुचना जारी गर्दै आज आन्दोलनरत पक्षले उठाएका धेरै माग सम्बोधन गरिसकेको र केही विषयमा अनुसन्धान गरिरहेको भन्दै आन्दोलन फिर्ता गर्न आग्रह गरेपछि स्वास्थ्यकर्मीहरु काममा फर्किएका हुन् । आजैदेखि ओपिडी सहतिका अन्य सेवाहरु सुचारु भएका छन् ।
पदाधिकारी चढ्ने गाडीको चाबी भने अझै आन्दोलितको नियन्त्रणमा रहेको छ । त्यस्तै, उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी पनि यथावत रहेको जनाइएको छ ।
मन्त्रालयले २५ प्रतिशत सिनेटरले हस्ताक्षर गरी कु्लपति समक्ष पेस गरिसकेको र चाँडै नै उपयुक्त समयमा प्रक्रिया अनुसार छानबिन गरी पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने समेत जनाएको छ ।
भदौ २० गतेदेखि इमजेन्सी, कोभिढ–१९ र पुर्वनिर्धारित परीक्षा बाहेकका सेवा अबरुद्ध गरीरिहेको अवस्थामा मन्त्रालयले आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो ।
उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकोले प्रचलित कानुन बमोजिमको प्रक्रिया शुरु भैसकेको पनि मन्त्रालयले जनाएको छ । उच्चस्तरिय छानबिन आयोग सिनेट बैठकबाट नै गठन हुने पनि जनाइएको छ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
