जनस्वस्थ्य सरोकार, काठमाडौं । आफूलाई ‘सर्जिकल सामग्री सप्लायर्स हुँ’ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाई नगद ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका—४ बागडोल ठेगाना भएका ४२ वर्षीय सरल रानालाई प्रहरीले पक्राउ गरेको छ ।

सरल समेतका व्यक्तिहरुले भारत पञ्जाबस्थित मिरिएड ह्यूज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि हुँ तपाईँहरूलाई विभिन्न सर्जिकल सामग्रीहरू ग्लोभ्स, लेटेक्स ईग्जामिनेसन ग्लोभ्स विभिन्न साईजमा १०० प्रति ग्लोभ्स भएको प्रति बाकस ३ सय ३० भारतीय रुपैयाँ पर्छ भनी नमूना समेत देखाई विश्वास दिलाए पश्चात् कम्पनीको जोनल मेनेजर सन्दिप थापा हुन् भन्दै निजको आर्थिक कारोबार बैंक अफ ईन्डिया मालीगुडिको खातामा २ जना पीडितलाई नगद जम्मा गर्न लगाएका थिए ।
उक्त नगद पाएपछि उनीहरुले प्रति बाकस ५० पिस राखी साईज, परिमाण र लेवल नभएको गुणस्तरहिन सामान पठाएको र पछि सम्पर्क गर्दा सम्पर्क विहिन भई झुक्यानमा पारी उक्त नगद ठगी गर्ने कार्यमा संलग्नमध्ये रानालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाईएको उक्त महाशाखाले जनाएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
