जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२६० रहेको छ र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।
हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा छन् ।
२४ घण्टामा ९१ हजार आठ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा ५८ लाख ३३ हजार ३८ जनाले पहिलो मात्रा र ५१ लाख ९८ हजार एक सय ९३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


