जनस्वास्थ्य सरोकार, भरतपुर । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कोभिड वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड भत्ता पाउन सकेका छैनन् । गत बैशाखबाट अस्पतालमा कोभिड वार्ड सञ्चालनमा आएपनि हालसम्म त्यहाँ कार्यरत कसैले पनि भत्ता नपाएको गुनासो गरेका हुन् ।
कोभिड वार्ड हेर्दै आउनुभएका डा गुरुशरण साहले हालसम्म कोभिड वार्डमा काम गर्ने कसैले पनि भत्ता नपाएको बताउनुभयो । उहाँका अनुसार अस्पतालको मेडिकल विभागका चिकित्सक र २० भन्दा बढी मेडिकल अफिसरहरुले कोभिड वार्डमा आलोपालो काम गर्दै आइरहेका छन् ।
यसैगरी नर्सिङ स्टाफले पनि आलोपालो कोभिड वार्डमा काम गर्दै आएका छन् । जोखिम मोलेर काम गरेको भए पनि हालसम्म कोभिड भत्ता नपाएको गुनासो उनीहरुको छ । स्थानीय तहका कर्मचारीलेसमेत कोभिड भत्ता पाउने गरेको तर आफूहरुले जोखिम मोलेर काम गर्दासमेत भत्ता नपाएको गुनासो अस्पतालमा कार्यरत एक नर्सले बताउनुभयो । दूधे बच्चा घरमा छाडेर कोभिड वार्डमा काम गरे पनि राज्यले प्रोत्साहनस्वरुप दिएको भत्ता अस्पतालले रोकेको उहाँको आरोप छ ।
अस्पतालले गत बैशाखदेखि कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले सरकारले पर्याप्त बजेट नपठाउँदा भत्ता वितरणमा समस्या भएको बताउनुभयो । उहाँले अस्पतालको सञ्चालक समितिको बैठक बसेर आवश्यक निर्णय गरेपछि छिट्टै भत्ता वितरण गरिने बताउनुभयो । उहाँले बजेट पर्याप्त नभएका कारण एउटा मापदण्ड बनाएर वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो । रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
