जनस्वास्थ्य सरोकार, काठमाडौँ । कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । गत साउन ३१ मा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण स्थगित भएपछि आजबाट पुनः शुरु गर्न लागिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा अधिकांश विद्यार्थीले खोप लगाएपछि शुरु गर्न लागिएको जनाएको छ । परीक्षा असोज ८ गतेसम्म संचालन हुनेछ ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाइएको छ । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ ।
परीक्षामा विद्यार्थीलाई होम सेन्टर को व्यवस्था मिलाइएको छ । विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
