जनस्वास्थ्य सरोकार, जाजरकोट । दादुराको सङ्क्रमण देखिएको रावत गाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ । यहाँका विद्यालयमा गएर सबै विद्यार्थीलाई दादुराको सङ्क्रमण भएरनभएका बारेमा जाँच गरिरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले बताउनुभयो ।

जाँचबाट थप दुई जनामा दादुरा सङ्क्रमण भएको फेला परेको उहाँले बताउनुभयो । दादुरा सुरुवा रोग हो । गाउँ–गाउँमा गएर बालबालिकामा दादुरा सङ्क्रमणको अवस्था बुझने क्रम सुरु गरिएको उहाँले बताउनुभयो । हप्ता दिनअघि मात्र रावत गाउँका दुई बालबालिकाको नमुना सङ्कलन गरी नेपालगन्ज पठाइएकामा सो नमुनामा दादुरा भएको पुष्टि भएको थियो ।
त्यसपछि नगरपालिकाले सो रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ । जनताको स्वास्थ्य नै मुख्य कुरा भएकाले गाउँमा स्वास्थ्यकर्मी परिचालन गरी घर–घरमा उपचार सेवा सुरु गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको थियो, तर यो रोगको सङ्कमणदर बढ्न थालेपछि २०२३ मा उन्मूलनको लक्ष्य सारेको छ । रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
