
जनस्वास्थ्य सरोकार, काठमाडौँ। सरकारले चीनबाट खरीद गरेको ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सको जहाजबाट उक्त खोप ल्याइएको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत थप ४४ लाख खोप काठमाडौं आइपुगेको जानकारी दिनुभयो ।
सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आएको थियो । बाँकि रहेको ४४ लाख डोज खोप आज आइपुगेको हो ।
खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो ।
उक्त खोप आजदेखि प्रदेश स्तरमा वितरण गरी तुरुन्तै लगाउन सुरु गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

