जनस्वास्थ्य सरोकार । पछिल्लो २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतमा हालसम्म ३ करोड ३३ लाख ८१ हजार ७२८ जनामा कोरोना संक्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
पछिल्लो एकदिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३२० जनाको मृत्यु भएको जनाइएको छ । कोरोना शुरु भएदेखि हालसम्म यहाँ कोरोना सङ्क्रमणबाट चार लाख ४४ हजार २४८ जनाको मृत्यु भएको जनाइएको छ । हालका दिनहरुमा कोरोना सङ्क्रमण र मृत्यु भएका प्रायः व्यक्ति भारतको दक्षिणी राज्य केरलामा रहेका छन् ।
हाल भारतमा तीन लाख ३९ हजार ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा ३७ हजार ९५० जना कोरोना मुक्त भएका छन् । कोरोना सङ्क्रमण शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २५ लाख ९८ हजार ४२४ जना कोरोना मुक्त भएका छन् । सिन्ह्वा
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

