
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ६६५ नमुनाको पीसीआर जाँच गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन जाँच गर्दा ४७२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।
उनीहरुमध्ये ११७ जनाको भेन्छिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


