जनस्वास्थ्य सरोकार, काठमाडौँ । डाक्टर्स एसोसियसन अफ सिभिल सर्भिस हस्पिटलले अस्पतालमा कार्यरत डाक्टरहरुको जायज मागलाई पुर्णरुपमा वेस्वास्ता गर्दै एकतर्फी ल्याइएको करार कार्यविधि र कर्मचारीको सेवा सुविधाप्रति गम्भिर आपत्ति जनाएको छ ।

करार कार्यविधि र कर्मचारीको सेवा सुविधा सम्बन्धमा निजामति कर्मचारी अस्पताल प्रशासन तथा सम्बन्धित उच्च निकाय र स्वास्थ मन्त्रालयमा छलफल गरी झुटो आश्वासन सहित विपरित कार्यविधि ल्याइएको भन्दै सो आपत्ति जनाएको हो ।
एसोसियसनले करार कार्यविधिलाई सुधारेर कर्मचारीको हकहितको सुरक्षालाई सम्बोधन हुनेगरी संशोधित करार कार्यविधि ल्याउनुपर्ने र हालको सेवा सुविधा सम्बन्धित नियमहरु परिमार्जन गर्न माग गरेको छ ।
सो माग १० दिन भित्र परिमार्जन गरेर कार्यन्वयनमा ल्याउनुपर्ने बताउँदै डाक्टर्स एसोसियसन अफ सिभिल सर्भिस हस्पिटलका अध्यक्ष डा सुमनबाबु मरहठ्ठाले जायज मागहरु पुरा नभएमा आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
