जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बसुन्धरास्थित चिरायु नेशनल हस्पिटलले मुलुकमा रहेका सम्पूर्ण औषधि व्यवसायी र उनीहरुको परिवारलाई उपचार सेवामा सहुलियत दिने सम्झौता गरेको छ ।

चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच औषधि व्यवसायी र उनीहरुका परिवारलाई उपचार सेवामा सहुलियत दिने सम्बन्धमा आज हस्पिटलका कार्यकारी निर्देशक चन्डेश्वर बैद्य र संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
औषधि व्यवसायीहरुको उपचारमा लाग्ने अस्पतालको वेड शुल्कमा २० प्रतिशत, डायग्नोसिसमा १५ प्रतिशत, प्रोस्युडर शुल्कमा १२ प्रतिशत, फार्मेसी शुल्कमा ८ प्रतिशत, वेलनेश प्याकेजमा ५ प्रतिशत र एम्बुलेन्स सेवामा ५ प्रतिशत शुल्क डिस्काउन्ट दिने सो सम्झौतामा उल्लेख छ । यसैगरी औषधि व्यवसायीका परिवारका सदस्यहरुले भने वेड शुल्कमा १५ प्रतिशत, डायग्नोसिस शुल्कमा १० प्रतिशत, प्रोस्युडर शुल्कमा १० प्रतिशत, फार्मेसी शुल्कमा ८ प्रतिशत र एम्बुलेन्स शुल्कमा ५ प्रशित डिस्काउन्ट पाउनेछन् ।

त्यति मात्र नभई औषधि व्यवसायीहरुले सिफारिस गरेका व्यक्तिहरुलाई वेड शुल्कमा १० प्रतिशत, डायग्नोसिस शुल्कमा १० प्रतिशत, प्रोस्युडर शुल्कमा १० प्रतिशत, फार्मेसी शुल्कमा ८ प्रतिशत, वेलनेस प्याकेजमा ५ प्रतिशत र एम्बुलेन्स सेवामा ५ प्रतिशत डिस्काउन्ट दिइने भएको सम्झौता पत्रमा उल्लेख छ ।
हाल मुलुकमा २१ हजारभन्दा बढी औषधि व्यवसायीहरु रहेका छन् ।

योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
