जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको धुम्बराहीस्थित ह्याम्स हस्पिटलमा दोस्रो व्याच क्रिटिकल केयर नर्स ट्रेनिङ कार्यक्रम शुरु भएको छ ।

३ महिने सो कार्यक्रममा ३१ जना नर्सहरुको सहभागिता रहेको छ । अस्पतालकी नर्सिङ डाइरेक्टर बरुणा पौडेल सुवेदीको अगुवाइमा लिखित तथा मौखिक परीक्षाबाट ट्रेनिङमा सहभागी हुनसक्ने नर्सहरुको छनोट गरिएको थियो ।
ट्रेनिङ कार्यक्रममा अस्पतालमा कार्यरत तथा नर्सिङ पास गरेर बसेका नर्सिङ स्टाफहरु सहभागी भएका छन् ।

क्रिटिकल केयर नर्सिङ एसोसिएसन अफ नेपाल (सिसिनान) सँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ सम्बन्धि विशेष पाठ्यक्रम तयार गरी तालिम उपलब्ध गराइएको छ । यस किसिमको सहकार्यबाट क्रिटिकल केयर उपचार क्षेत्रमा दक्ष नर्सको अभाव पूरा गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सो अवसरमा प्रमुख अतिथी सिसिनानकी अध्यक्ष लक्ष्मी केसी, अस्पतालका अध्यक्ष आर.एस. भण्डारी, अस्पतालका कार्यकारी निर्देशक एवं वरिष्ठ मुटु सर्जन डा. ज्योतीन्द्र शर्मा, अस्पतालका एकेडेमिक कोअर्डिनेटर, पल्मानरी एवं क्रिटिकल केयर प्रमुख प्रा.डा.अर्जुन कार्की, प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिल, नर्सिङ डाइरेक्टर बरुण पौडेल सुवेदी, सिसिनान ट्रेनिङ पर्सन बिमला श्रेष्ठले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
यसअघि अस्पतालले पहिलो व्याच अन्तर्गत ३१ जनालाई तालिम दिइसकेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३




