जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १ हजार ३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाबाट ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सँख्या ११ हजार ५३ पुगेको छ । त्यस्तै सोहि अवधिमा १ हजार ८३० जना निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन् । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

