
जनस्वास्थ्य सरोकार, काठमाडौँ । एकातर्फ सरकारी छात्रवृत्ति पाउनुपर्नेले नपाएको देखिएको छ भने अर्कोतर्फ सरकारी छात्रवृत्तिमा अध्ययन गरेकाहरुको विदेशमोह तथ्याङ्कले बताउँछ । चिकित्सा शिक्षामा त यस्तो प्रवृतिनै हावी भएको पाइएको छ । सरकारको लाखौँ रुपियाँ लिएर छात्रवृत्तिमा पढ्ने तर देश जनताको सेवा उनीहरुको प्राथमिकतामा नै पर्दैन ।
हालसम्म २८ हजार ४ सय ७७ जनाले नेपाल मेडिकल काउन्सिलको लाइसेन्स पाएका छन् । तर, ५८ वर्ष पछि काउन्सिलले चिकित्सकहरुको स्थिति र विवरण अध्यावधिक सुरु गर्दा १७ हजारमात्रै सम्पर्कमा आएका छन् ।

विदेशमा अध्ययन वा भ्रमणको बाहानामा जाने र नेपाल नर्फकिदा उनीहरु काउन्सिलको सम्पर्कमा छैनन् । चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) बाट सरकारी छात्रवृत्तिमा एक विद्यार्थीले एमबीबीएस उत्तिर्ण गर्दा सरकारले ४० लाख भन्दाबढी लगानी गर्छ । तर सरकारी पैसामा डाक्टर बनेकाहरु समेत नेपाल बस्दैनन् ।
विदेशमा आकर्षक तलब र अवसरका कारण मुलुक छाड्ने डाक्टरको संख्या बर्षेणी बढेको नेपाल चिकित्सक संघले जनाएको छ । आईओएममा मात्रै २८ व्याच सम्म १५ सय भन्दा बढीले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढेको तथ्याङ्क छ । तर ५० प्रतिशतभन्दा बढी देश बाहिर छन् । विदेशिने क्रम जारी छ । जबकी सरकारले आफ्नै मुलुकमा सेवा गरुन र जनताले सहज स्वास्थ्य उपचार पाउन भनेर वर्षेणी अरबौँ रुपियाँको छात्रवृत्ति दिँदै आएको छ ।
सरकारसँग छात्रवृत्ति पाउँदा अनिवार्य दुइ वर्ष दुर्गममा सेवा गर्नुपर्ने सम्झौता कहिले सकिएला र विदेश उडौँला भनेर पर्खनेहरुको सँख्या पनि उत्तिकै छ ।

विदेशिनेहरुको पहिलो रोजाई अमेरिका, बेलायत, क्यानडा लगायतका विकसित देश हुने गरेको खोप पत्रकारिता अध्ययन केन्द्र र ब्रिटिस मेडिकल जर्नलको अध्ययनले देखाएको छ ।
त्यो बाहेक पाँचओटा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानमा अध्ययन गर्ने चिकित्सक पनि नरहेकाले नै १२ हजार भन्दा बढीले काउन्सिलको लाइसेन्स अध्यावधिक गर्न आएका छैनन् । यसले के देखाउछ भने सरकारले वर्षेनी खर्च गर्ने अरबौ रुपियाँ मुलुककालागि उपयोग हुन सकेका छैनन् । कान्तिपुर समाचार, सुविन्द्र श्रेष्ठ
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
