जनस्वास्थ्य सरोकार, लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड-१९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा ३१ हजार भन्दा बढी सङ्क्रमित भएको बताइएको छ ।

बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले गएको २४ घन्टा यतामात्र करिब ३१ हजार ५६४ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका बताएका छ । बेलायतमा केही दिनयताको यो सङ्क्रमितको संख्या धेरै हो । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार केही हप्तायता यहाँ ठूलो संख्यामा नयाँ सङ्क्रमितहरु थपिने क्रम जारी रहेको छ ।
उनीहरुकाअनुसार यहाँ आजसम्म यहाँका सङ्क्रमितहरुको संख्या ७४ लाख ९६ हजार ५२० जना पुगेको छ । त्यसैगरी यहाँ यस सङ्क्रमणबाट भएको मृत्युको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ । गएको २४ घन्टामा मात्र यहाँ २०३ जनाको यही सङ्क्रमणबाट ज्यान गएको बताइएको छ ।
लन्डनमा कोभिड १९ को अवस्था समयसमयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको बताइएको छ । केही समयअघि यहाँ भाइरसका सङ्क्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको बताइएको छ । यहाँ केही समय यतादेखि हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमित थपिने गरेका छन् । रासस
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
