
जनस्वास्थ्य सरोकार, बुटवल । नेपालमा पछिल्लो समय मधुमेह भएका व्यक्तिमा मधुमेह सम्बन्धी मिर्गौला रोगको जोखिम बढ्दै गएको पाइएको छ ।
केन डाइबेटिज एण्ड थाइराईड सेन्टरले गत भदौमा मधुमेहका बिरामीहरुको मिर्गौला सम्बन्धी जाँच गर्दा ७० प्रतिशत बढीमा माइक्रोएल्ब्युमिनको मात्रा उच्च पाइएको जनाएको हो ।
मधुमेह भएका व्यक्तिको पिसावमा माइक्रोएल्ब्युमिनको मात्रा देखिएमा भविश्यमा मिर्गौला सम्बन्धी समस्या हुनसक्ने चिकित्सकको भनाई छ ।
त्यस्तै, सेन्टरले बुटवलका ३० देखि ४० वर्ष उमेर समुहका व्यक्तिको ‘होल बडी स्क्रिनिङ’ सर्वेक्षण गर्दा ७० प्रतिशतमा उच्च कोलेस्टेरोल, ५० प्रतिशतमा कलेजो सम्बन्धी फ्याटी लिभरको समस्या र ३० प्रतिशतमा यूरिक एसिड सम्बन्धी समस्या देखिएको सेन्टरका कार्यक्रम संयोजक पुजा रिजालले जानकारी दिनुभयोे ।
तौलमा नियन्त्रण, दैनिक व्यायाम, स्वस्थ खानपान र जीवनशैली अवलम्बन नगर्दा भविश्यमा मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रोगको जोखिम बढेको वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. रजत कायस्थले बताउनुभयो ।
आजकाल अधिकांश मानिसहरु घर भन्दा बाहिरका जंकफुड खान बढी रुचाउने भएकाले कम उमेरमै स्वास्थ्य सम्बन्धी समस्या देखापरेको पोषणविद् कुबेर गिरीले बताउनुभयो ।
बिरामीले समयमै विशेषज्ञ उपचार र खानपान सम्बन्धी ज्ञान पाएमा मधुमेह रोगलाई नियन्त्रण गर्न सकिने इन्डोक्राईनोलोजिष्ट डा. जस्मिन तुलाधरले बताउनुभयो ।

बिरामीहरूको जीवनशैली र खानपिनको तालमेल मिलाउन नसक्दा मधुमेह नियन्त्रण नभएको डा. नरेश पराजुलीले बताउनुभयो । मधुमेहलाई नियन्त्रणमा राख्नसके बिरामीको मिर्गौला, मुटु र अन्य अंगहरु खराब हुनबाट बचाउन सकिने उहाँको भनाई छ ।
यस्तै, केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले औषधी खाएर मात्र रोग नियन्त्रण नहुने बताउनुभयो । बिरामीले स्वस्थ जीवनशैली, खानपान र औषधि सेवन तरिका परिमार्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो–‘हामीले औषधी सेवन भन्दापनि दैनिक जीवनशैली र खानपानमा थोरै मात्र ध्यान दियौँ भनेपनि यस्ता दीर्घ रोगबाट छुटकारा पाउन सक्छौँ ।’
केन सेन्टरले विगत लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी सचेतनाका कार्यक्रमहरु नियमित सञ्चालन गर्दै आइरहेको उहाँको भनाइ छ ।
विगत ३० बर्षदेखि स्वास्थ्य सेवा आवद्ध कक्षपतिले गृहनगर तिलोत्तमा २ मा मधुमेह थाइराइड सम्बन्धी उपचार केन्द्र शुरु गरेर त्यहाँका विरामीहरुलाई विशेषज्ञ उपचार सेवा दिइरहनुभएको छ ।
उहाँले काठमाडौंको विस्तारित बुटवल, शंकरनगर शाखाबाट लुम्बिनी अञ्चल र पश्चिम क्षेत्रका बिरामीहरुलाई पनि उपचार सेवा दिइरहेको जानकारी दिनुभयो। सबैखाले विशेषज्ञ सेवा उपलब्ध हुने भएकाले काठमाडौं वा भारत जानुपर्ने बाद्यता अन्त्य भएको उहाँले बताउनुभयो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
