
जनस्वास्थ्य सरोकार, रामेछाप । रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ । गत साउन २४ गते ल्याएको पीसीआर मेसिन सम्बन्धित निकायको ढिलासुस्तीका कारण गोदाममै थन्किएको हो ।
कोरोना परीक्षणको दर बढाउन वाग्मती प्रदेश सरकारको सहयोगमा उक्त मेसिन ल्याइएको थियो । मेसिन गोदाममा थन्किँदा कोरोना भाइरसको परीक्षणका लागि यहाँका नागरिक काठमाडौँ, सिन्धुली, काभ्रेको धुलिखेललगायत ठाउँ धाउनुपर्ने बाध्यता छ ।
मेसिन थन्किदासमेत सरोकारवाला बेखबर भएको मानवअधिकार संरक्षण सञ्जालका जिल्ला संयोजक पाण्डवप्रसाद प्रसाईंले बताउनुभयो ।
जिल्ला अस्पतालका निमित्त प्रमुख दीपेन्द्रनारायण श्रेष्ठ भने मेसिन सञ्चालनको तयारी भइरहेको बताउनुभयो । “मेसिन मात्रै आएर हुँदैन, सञ्चालन गर्न संरचना र दक्ष जनशक्ति चाहिन्छ, त्यो अब पूरा हुँदैछ”, उहाँले भन्नुभयो,-“चाँडै परीक्षण सेवा सुरु हुन्छ ।”
जिल्ला अस्पतालमा पीसीआर मेसिन राख्न र अक्सिजन प्लान्ट राख्न आवश्यक संरचना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट २३ जनाको मृत्यु भइसकेको छ । तीन हजार १२१ जना सङ्क्रमित भएकामा तीन हजार ८० सङ्क्रमणमुक्त भइसकेका छन् । रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
