जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाबाट १० हजार ५७५ पीसीआर परीक्षणमा ११०३ र ५ हजार ११५ एन्टिजेन परीक्षणमा ३७३ जना गरी १,४७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा थप ३६४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २५६ , ललितपुरका ७३ र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १,५५० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ । त्यस्तै, सोही अवधिमा ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ८१ जनाको निधन भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ जना रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


