जनस्वास्थ्य सरोकार, ललितपुर । कोभिड १९ को एन्टिजेन परीक्षणमा सरकारले तोकेकोभन्दा डेढ गुना बढी शुल्क लिएको भेटेपछि जावलाखेलमा रहेको सुमेरु सिटी अस्पताललाई जरिवाना तिराइएको छ ।
सेवाग्राहीको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय ललितपुरले अस्पताललाई एन्टिजेन परीक्षणमा बढी शुल्क लिएको भेटेपछि २० हजार रुपियाँ जरिवाना तिराएको हो ।

अस्पताले सेवाग्राहीबाट २ हजार २ सय शुल्क लिएको थियो जव कि सरकारले एन्टिजेन परीक्षणमा १ हजार रुपियाँ तोकेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले संयुक्त बजार अनुगमन गर्दा एन्टिजेन परीक्षणमा अत्यधिक शुल्क लिएको पाइएपछि कारबाही गरिएको जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


