जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवस्था विभागले नेपाल सरकारले कुनै पनि औषधिहरुको मूल्य बृद्धि नगरेको बताएको छ ।

औषधिको मूल्य बृद्धिसम्बन्धि विभिन्न अनलाईन न्युज पोर्टलहरुमा आएका समाचारहरु गलत र भ्रमपूर्ण रहेको बताउँदै विभागले औषधि ऐन, २०३५ को दफा २६ मा विभागले आवश्यक देखेमा नेपाल सरकारको स्वीकृति लिई औषधिको मूल्य वृद्धि गर्नसक्ने व्यवस्था रहेपनि हालसम्म कुनै पनि औषधिको मुल्य बृद्धि नभएको उल्लेख गरेको छ ।
विभागले २०७२ साल साउन १८ गते नेपाल राजपत्रमा प्रकाशन गरेर विभिन्न ९६ प्रकारका औषधि तथा २१ प्रकारका औषधिहरुको प्रक्रिया पूरा गरी राष्ट्रिय दैनिकमा सार्वजनिक सुचना प्रकाशित गरी मूल्य निर्धारण गरेको बाहेक अन्य कुनै औषधिहरुको मूल्य निर्धारण नगरेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


