जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा मंगलबार १ हजार १ सय ५८ जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको १४ हजार ३ जनाको परीक्षणमा १ हजार १५८ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ६ सय ७२ जनाको पिसिआर र दुई हजार तीन सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
मंगलबार थप १ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ । नेपालमा हाल १८ हजार ४२२ जना सक्रिय संक्रमित छन्।
मंगलबार एक हजार तीन सय १८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत रहेको छ।
यसैगरी काठमाडौं उपत्यकामा थप तीन सय ८३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ७० जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ६९ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
