जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ नमूना परीक्षणमध्ये ८९२ पीसीआर र २६५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौं जिल्लामा २६५ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा हालसम्म ८ लाख ८५ हजार ५३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १२३ पुगेको छ ।
हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । जसमध्ये १,३१५ जना संस्थागत आइसोलेनमा छन् । जसमा ३५४ जना आईसीयूमा र ९९ जना भेन्टिलेटरमा छन् ।
त्यस्तै १६ हजार ८७८ जना होम आइसोलेसनमा छन् ।
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


