जनस्वास्थ्य सरोकार, सरोकार, काठमाडौँ । कोरोना संक्रमण जोखिम कम नभएको भन्दै अनावश्यक भीडभाड तथा मानिसहरू भेला नगर्न/नहुन जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

जिल्ला प्रशासनले आज राति १२ बजेदेखि लागु हुनेगरी अनावश्यक भीडभाड, मेला—महोत्सव तथा जात्रा लगायत कार्यक्रम नगर्न आदेश जारी गरेको हो ।
ठूला चाडबाड नजिकिएकोले यसका कारण हुने भीडभाडबाट कोरोना संक्रमण पुनः बढ्न सक्ने भन्दै प्रशासनले त्यस्ता गतिविधिमा रोक लगाएको हो ।
चाडबाडका बेला स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी घरभित्रै भेला हुन तथा अनावश्यक रुपमा घर बाहिर भेला हुन नपाउने भनिएको छ । साथै भीडभाड गर्न नहुने तथा सभा, जुलुस, मेला, महोत्सव र जात्रा गर्न नपाइने भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले एक आदेश जारी गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


