
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको सानेपास्थित स्टार हस्पिटल र खुसी खुसी बचत तथा सहकारी संस्था लिमिटेड बिच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
हस्पिटलका तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र खुसी खुसी बचत तथा सहकारी संस्था लिका तर्फबाट अध्यक्ष बटुकृष्ण थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार हस्पिटलले खुसी खुसी बचत तथा सहकारी संस्थाका कर्मचारी, शेयरधनी र सदस्यहरुलाई उपचार खर्चमा आकर्षक छुट एवं सहुलियत दरमा हेल्थ प्याकेज उपलब्ध गराउने भएको छ ।
छुट सुविधा प्राप्त गर्न सहकारी संस्थाका सदस्यहरुले संस्थाको परिचय पत्र देखाउनुपर्ने अस्पतालले जनाएको छ । अस्पतालले सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्था संग निरन्तर सहकार्य गर्दै आइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


