
अकुलोको अर्थ आँखा र प्लास्टिको अर्थ बनाउने हो । यसले बढीभन्दा बढी आँखा र आँखाको वरिपरीका रोगहरुलाई सम्बोधन गर्छ । आँखामा धेरै भागहरु भएपनि अकुलोप्लाष्टीले समेट्ने भनेको आँखाको डिलको रोग, आँखाको ढकनीको रोग, आँखा बस्ने वरिपरीको भागको रोग, आँशुको नलीको रोग आदि पर्छन् । यसका साथै हरेक प्लास्टिक रि—कस्ट्रक्टिभ सर्जरीमा कस्मेटिक सर्जरी पनि जोडिएको हुन्छ । यस विधामा मानिसको रोग निर्मुल सँगसँगै प्राकृतिक रुपमा भएको सुन्दरता पनि कायम राख्ने भन्ने हुन्छ ।
यसरी आँखा र आँखाको वरिपरि गरिने प्लाष्टिक सर्जरीलाई नै अकुलोप्लाष्टि सर्जरी भनिन्छ । यस्तो सर्जरी कतिपय अवस्थामा रोगको उपचारका लागि गरिन्छ भने कतिपय अवस्थामा आँखा र अनुहारको सुन्दरताको लागि गरिन्छ ।
जिज्ञासाः आँखाबाट आँशु बग्ने गर्छ । आँखा पाक्छ । पटक पटक इन्फेक्सन भइरहन्छ । आँखाको नानीमा घाउ हुने समस्या छ र पीडा महसुस हुन्छ । जन्मजात आँखाको नानी ब्लक (टालिएको) भएकाले आँशु बगिरहने समस्या छ ।
समाधानः यस्तो अवस्थामा शल्यक्रियामार्फत आँखाको आँशु जाने नली खोलेर समस्या समाधान गर्न सकिन्छ ।
जिज्ञासाः आँखाको छाला बाहिर फर्केर आएको छ, चोटपटक, अनुहार जलेकाले आँखाको सौन्दर्य विग्रिएको समस्या छ ।
समाधानः अकुलोप्लाष्टी एण्ड रिकस्ट्रक्टिभ सर्जरी गरेर सौन्दर्यता फिर्ता ल्याउन सकिन्छ । यसअन्तर्गत आँखा सिधा बनाउने, भित्र र बाहिर गएको आँखाको सेप मिलाउने पर्दछन् । थायराईड, आँखाको ट्यूमर, ग्लाण्डस्को ट्यूमर, बोनको ट्यूमर आदिका कारण आँखाको स्वास्थ्य र सौन्दर्य दुवै बिग्रिएको पनि हुनसक्छ । यस्तो अवस्थामा राम्रोसँग इन्भेष्टिगेसन गरेर उपचार शुरु गर्नुपर्छ ।

जिज्ञासाः आँखा नजिकै चाउरी परेको छ । आँखाको ढकनी लत्रिएको समस्या छ । आँखाको ढकनी नै बन्द नहुने समस्या छ ।
समाधानः चाउरी परेको आँखा नजिकैको छालालाई इन्जेक्सन लगाएर सिधा बनाउन सकिन्छ । लत्रिएको आँखाको ढकनीको सौन्दर्यता फिर्ता ल्याउन कस्मेटिक सर्जरी गर्नुपर्छ । आँखाको ढकनी राम्रोसँग नखुलेका कारण कतिपय बालबालिकाको आँखा सानो ठूलो देखिने समस्या हुनसक्छ । दृष्टि ढाकेको अवस्थामा भविष्यमा आँखा देख्न नसक्ने संभावना भएकाले एक वर्ष नपुग्दै शल्यक्रिया गरेर समाधानको विकल्प खोज्नुपर्छ । कतिपयको त आँखाको ढकनी नै बन्द नहुने समस्यामा सुक्खा भएर आँखामा घाउ हुने र आँखाको नानी फूट्नसक्छ । यस्तो अवस्थामा तत्काल थेरापेटिक र कस्मेटिक दुवै सर्जरीको जरुरत पर्छ ।
अकुलोप्लाष्टिअन्तर्गत आँखाबाट निरन्तर आँशु वा पिप बगिरहने बिरामीको उपचार, आँखा वरिपरी बोसो, मुसा, मासुको डल्लो र ट्युमर हटाउने, उमेरको कारण आँखाको डिल बाहिर वा भित्र फर्केको उपचार, आँखाको ढकनी तलतिर सरेको उपचार, रोगका कारण आँखा साना वा ठूला भएको उपचार गरिन्छ । यसैगरी आँखाको मुन्द्री बनाउने, मंगोलियन आइलिड सर्जरी, आँखाको बोसो हटाउने, आई ब्रो चिक लिफ्टिङ, अनुहारको चाउरीपन यसैअन्तर्गत पर्दछन् ।
हामीले दृष्टि दोष, उच्चरक्ताप, मधुमेह, थायराइड, बाथरोग र शरीरका अन्य भागका लागेका रोगहका कारण आँखामा पर्ने असरको समेत जाँच गर्दछौं । करिब ८० प्रतिशत थायराइडका कारण आँखामा समस्या भएको पाइएको छ । थायराइडका कारण आँखाको नरम टिस्यूहरुमा एन्टी बडी बनेर आँखाभित्र मासु र पानी भरिएर आउँछ । यसले आँखालाई बाहिर धकेल्छ र आँखाको गेडा डरलाग्दो तरिकाले बाहिर निस्कनसक्छ । आँखामा हुने ट्यूमर क्यान्सर रेटिनोब्लास्टोमा आँखाको ट्यूमरहरुमध्ये धेरैलाई हुने समस्या हो । यो प्रायः बच्चाहरुमा धेरै हुने गर्छ । क्यान्सर, दुर्घटनाबाट आँखा पूरै ड्यामेज भएमा प्रोस्थेटिक (नक्कली) आँखा बनाउनुपर्छ । देख्न नसकेपनि यसले आँखाजस्तै सौन्दर्यता कायम राख्छ । (डा.राजभण्डारी पुल्चोकस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरमा कार्यरत हुनुहुन्छ ।)
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



