जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा बार्षिक करिब २५ अर्ब भन्दा बढी स्वास्थ्य सामाग्रीहरुको कारोबार गर्ने मुलुकभर छरिएर रहेका ६ सय भन्दा बढी सदस्य रहेको केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) को १७ औं स्थापना दिवसका अवसरमा ह्याम्स हस्पिटलका अध्यक्ष रामशरण भण्डारी (आर.एस.) सम्मानित हुनुभएको छ ।

स्वास्थ्य क्षेत्रका सफल युवा व्यवसायी भण्डारी नेपाल सरकारबाट स—प्रवल जनसेवा श्री पदकबाट विभूषित हुनुभएकोमा हार्दिक बधाई एवं शुभकामना दिँदै एसोसिएसनले सो सम्मान गरेको हो ।
एसोसिएसनका पूर्व उपाध्यक्षसमेत रहनुभएका भण्डारी ओम सर्जिकल कन्सर्न एवं भण्डारी सर्जिकल हाउसका सञ्चालकसमेत हुनुहुन्छ ।

सो अवसरमा नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. बद्री रिजाललाई नेशनल हेल्थ समिट सफल पार्न पुर्याउनुभएकोमा हार्दिक बधाई दिँदै एसोसिएसनलाई आर्थिक सहयोग गरिएको थियो । साथै कार्यालय व्यवस्थापनमा पुर्याएको योगदानको कदर गर्दै केमसानका कार्यालय सहायक दिपक गिरीलाई सम्मानसहित २५ हजार नगद रुपियाँ प्रदान गरिएको थियो ।

केमसान दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६० जना भन्दा बढी सर्जिकल व्यवसायीहरुले रक्तदान गरेका थिए । सो अवसरमा केक काटेर हर्षोल्लासका साथ खुशी साटासाट गरिएको थियो ।

कार्यक्रममा बोल्दै केमसानका अध्यक्ष सुरेश घिमिरेले कोभिड महामारीमा एसोसिएसनमा आवद्ध सदस्यहरुले कोभिड आइसोलेसन स्थापना गर्न पुर्याउनुभएको योगदानको खुलेर प्रशंसा गर्नुभयो ।

सो अवसरमा एसोसिएसनका सल्लाहकार उमेश शर्मा, ब्राइट सहकारीका अध्यक्ष रामिन्द्र न्यौपाने, शैलेश कँडेल, एसोसिएसनका महासचिव विनोद मानन्धरलगायत ३ दर्जनभन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा विजया दशमी, शुभदिपावली एवं छटपर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।




जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

