जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारी सेवाबाट बर्खास्त गरेको छ। भ्रष्टाचारमा कसुर प्रमाणित भएपछि उनलाई सरकारी सेवाबाट बर्खास्त गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गर्दै फार्मेसी अधिकृत अधिकारीलाई भ्रष्टचार गरेको कसुरमा भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको जनाएको हो ।
लोक सेवा आयोगको उजुरी तथा विभागीय सयजाय परामर्श शाखाको असोज १४ को परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
सातौं तहका फार्मेसी अधिकृत अधिकारीले २०७१ सालमा भ्रष्टाचार गरेको फेला परेको थिए ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


