
विद्युत आपूर्तिमा समस्या आउँदा त्यसको ब्याकअपका लागि युपिएस महत्वपूर्ण र अति आवश्यक मानिन्छ । अझ स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा त यसको झनै महत्व छ । नेपालभर झण्डै एक हजार भन्दा बढी अस्पताल, क्लिनिक, प्रयोगशाला र डायग्नोस्टिक सेन्टरहरुमा एसपावर कम्पनीका पावर व्याकअप यूपिएस प्रयोग भइरहरेका छन् । हजारौंको संख्यामा सेवाग्राही छन् । देशभर ४ सय डिलर छन् । एस पावर नेपाल युपिएस सप्लायर्स कम्पनी हो जसले दुई दशकदेखि नेपालमा काम गर्दै आएको छ । कम्पनीको नाम र उत्पादनको नाम दुबै एस पावर नै राखिएको हुनाले अधिकांश मानिसहरु यसलाई लोकल ब्रान्ड र मेड इन नेपाल भन्ने बुझ्छन् । वास्तवमा यसको सामान टर्कीमा उत्पादन हुन्छ । एस पावरका कतिपय सामानहरु इटालीमै पनि उत्पादन गरिन्छन् । यो कम्पनिले कोरोना महामारीबीच अस्पताललगायतका स्वास्थ्य क्षेत्रमा कसरी सेवा दिन सफल भयो ? लगायतका विभिन्न पक्षमा एस पावरका प्रबन्ध निर्देशक मुरारी झासँग जनस्वास्थ्य सरोकारले गरेको कुराकानी प्रस्तुत गरेका छौं ।
स्वास्थ्य क्षेत्रमा एस पावरको महत्वबारे बताइदिनुस् न ?
नेपालका अधिकांश ठूला साना १ हजार भन्दा बढी अस्पताल, क्लिनिक र डायग्नोस्टिक सेन्टरहरुमा एस पावरका उत्पादनहरु प्रयोग भइरहेका छन् । मल्टिनेसनल कम्पनीहरुले पनि आफ्ना उत्पादनहरुमा एसपावरका युपिएस प्रयोग गर्र्दै आइरहेका छन् । करोडौँ मुल्य पर्ने उपकरण नबिग्रियोस् भनेर युपिएस प्रयोग गरिन्छ । एमआरआई, सिटीस्क्यान, क्याथल्याव, अल्ट्रासाउन्ड, सिआर, डिआरलगायतका सबै उपकरणहरु कम्यूटरबेसमा प्रयोग हुने गर्दछन् । युपिएस बिना एक सेकेन्ड पनि चलाउन नमिल्ने उपकरणहरु बजारमा आइसकेका छन् ।
झ्याप्प बत्ती जाँदा यस्ता उपकरण बिग्रने सम्भावना बढी हुन्छ । विद्युत प्राधिकरणबाट आउने बत्ती एकैनासको नहुन सक्छ । कहिले हाई भोल्टेजको आउँछ त कहिले कम आउन सक्छ । युपिएसले यसलाई स्थिर गर्ने काम गर्छ । यस्तो अवस्थामा बत्ती गए पनि उपकरण चलिरहन्छ ।
एस पावर कम्पनीको सफलताको राज के हो ?
नेपालमा दुई दशकदेखि लाखौं सेवाग्राहीको सेवाप्रति विशेष ध्यान दिएका छौँ । कम्पनीका उत्पादन भरपर्दो र विश्वासनीय छन् । यूपिएस बिग्रिहालेमा समयमै सरल मुल्यमा मर्मत गर्छौं । टेक्निसियनलाई तयारी अवस्थामा राखेका छाँैँ ।
कोरोना महामारी र निषेधाज्ञाबीच एस पावर कम्पनीले कसरी सेवा दिन सफल भयो ?
कोरोना महामाहरीमा युपिएस बिग्रिएमा टेक्निसियनलाई लिन अस्पतालको गाडी कार्यालयको घरमै आउथ्यो । उनीहरुले सामान्य मर्मत गर्नुपरे त्यहि बनाइदिन्थे । जटिल समस्या भएमा कम्पनीमा ल्याएर मर्मत गरेर पठाइदिन्थ्यौँ । सम्भव भएसम्म रातदिन नभनी सेवा दिएका छौँ ।
किन मानिसहरु एस पावर रुचाउँछन् ?
हामी क्रिटिकल अवस्था भएको ठाउँमा युपिएसले काम नगरेमा जुनसुकै बेलामा पनि तुरुन्त इन्जिनियरहरुलाई मर्मत गर्न पठाउँछौँ । काठमाडौँ उपत्यका बाहिरका ठूला सहरहरुमा पनि हाम्रा इन्जिनियरहरु तैनाथ छन् ।

लोकल ब्रान्ड र एस पावरको गुणस्तरमा के भिन्नता छ ?
लोकल ब्रान्डका युपिएसहरु हाई भोल्टेज आउँदा बिग्रिन सक्छ । यसले उपकरणलाई सुरक्षा दिन सक्दैन । तर एस पावरका युपिएसहरु हाई भोल्टेज आउँदा बिग्रिन सक्ला । तर यसले मेसिनलाई कुनै पनि हालतमा बिग्रन दिँदैन । एस पावरका युपिएसहरु युरोपियन स्टन्डर्डमा बनाइएका छन् ।
एस पावरका युपिएसको भोल्टेज क्षमता कति हुन्छ ?
एस पावरका युपिएसहरु १ केभिएदेखि ४ हजार ८ सय केभिए क्षमतासम्मका छन्। नेपालको सन्दर्भमा २ सय ५० केभिए क्षमता सम्मका युपिएसहरु प्रयोग आएका छन् ।
साधारणतया एमआरआई, सिटीस्क्यान र क्याथल्याव मेसिनमा १ सय देखि २ सय केभिए क्षमताका युपिएसहरु प्रयोग भइरहेका छन् ।
के युपिएसको माग आएपछि तुरुन्तै आपूर्ति गर्न सकिन्छ ?
आजभन्दा केही वर्ष अघिसम्म हामी १ देखि २० केभिएसम्मका युपिएस स्टकमा राख्थ्यौँ । बिस्तारै माग बढ्न थालेको छ । अहिले हामीसँग १ सय ६० केभिए सम्मका युपिएस स्टकमा छन् । यो भन्दा माथि १ हजार केभिए क्षमताका युपिएसका माग आएमा हामी सहझै उपलब्ध गराउन सक्छौँ । यसका लागि केही समय लाग्न सक्छ । युपिएस माग भएको ४५ देखि ५० दिन भित्रमा हामी उपलब्ध गराइसक्छौँ ।
नेपालमा युपिएसको मूल्य कति पर्छ ?
नेपालमा न्यूनतम ५हजार देखि अधिकतम ६० लाख रुपैयाँसम्म पर्ने युपिएसहरु बिक्रि हुने गरेका छन् । नेपालभर १५ लाख भन्दा बढीले एसपावरका युपिएस प्रयोग गर्दै आइरहेका छन् ।
स्वास्थ्य क्षेत्रका सेवाग्राहीलाई के भन्न चाहनुहुन्छ ?
बिरामीको रोग पहिचान गर्ने उपकरणमा प्रयोग हुने सामान राम्रो र गुणस्तरीय हुनुपर्छ । मुल्य भन्दा गुणस्तरमा ख्याल गर्नुहोला । स्वास्थ्य क्षेत्रका सेवाग्राहीलाई निर्धक्क भएर एस पावरका उत्पादन प्रयोग गर्न आग्रह गर्दछु ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
