
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद विरोध खतिवडा नियुक्त हुनुभएको छ ।
उहाँलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
त्यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त गरिएको छ । खापुङ पनि एकीकृत समाजवादी) पार्टीकै नेता हुन् ।
स्वास्थ्यमा समाजवादीका मन्त्री र राज्यमन्त्री नियुक्त भएसँगै स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ। आज नियुक्त भएका अन्य मन्त्रीले केहीबेरमा शपथ लिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


