जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार ३३ जना निको भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ भने ७ लाख ७४ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेका छन् । जसमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


