
नेपालमा प्रायः बिरामी बेहोस, प्यारालाइसिसलगायत समस्या भएपछि मात्र उपचार सेवा लिन आइपुग्छन् । कतिपय बालबालिकामा उमेर अनुसार शारीरिक विकास भइरहेको हुँदैन । जीनको समस्याका कारण ट्युमर, एन्युरिजम, एभीएम, हाइड्रोकेफलस जस्ता समस्या हुने गर्छ । हेड इन्जुरी र ब्रेन स्ट्रोकको पनि ठूलो समस्या छ ।
स्पाइनल कर्डको ट्युमरले प्यारालाइसिस गराउँछ । यस किसिमको समस्या भएकाहरुलाई कति प्रतिशतसम्म बचाउन सकिन्छ ? भन्ने कुरा बिरामीको उमेर, शरीरको संरचना, समस्याको जटिलतामा निर्भर हुन्छ । न्युरो, स्पाइन र पेरिफेरल नर्भस्को समस्यामा शल्यक्रियाको जरुरत पर्छ ।
१० प्रतिशतमा पिट्युटरी ट्युमर
मस्तिष्कमा हुने पिट्युटरी ग्रन्थीले फरक फरक हर्मोन उत्पादन गर्छ । कुनै हर्मोनले शरीरको बृद्धि नियन्त्रण गर्ने, कुनैले महिनावारी नियन्त्रण गर्ने, कुनैले प्रजनन् नियन्त्रण गर्ने गर्छन् । करिब १० प्रतिशतमा पिट्युटरी ट्युमर हुने गरेको पाइएको छ । पिट्युटरी ट्युमर भएका व्यक्तिहरुमा महिनावारी नहुने, प्रजनन क्षमतामा कमी, आँखा कमजोर, सानै उमेरमा अत्यधिक अग्लो हुने जस्ता समस्या देखिन सक्छ ।
लक्षण
पिट्युटरी ग्रन्थीले नौ वटा हर्मोन उत्पादन गर्छ । कुनै एउटा हर्मोनको डिफेक्ट भएमा त्यसको भिन्नै समस्या देखिन्छ । जस्तै ः ग्रोथ हर्मोनमा दोष आएमा मानिस एकदमै ठूलो वा एकदमै सानो भएर जान्छ । प्रोल्याक्टिन हर्मोनको गडबडीले महिलाहरुमा महिनावारीको समस्या देखिन सक्छ । हर्मोनको विफलताका कारण यस किसिमको समस्या देखिएको हो ।

कारण
ट्युमरले हरेक हर्मोनलाई थिचिदिन्छ र हर्मोनले काम गर्न सक्दैन । चाँडो उपचार पाएमा समस्याबाट छुटकारा दिलाउन सकिन्छ । तर ढिलो भएमा समाधान गर्न निकै कठिन पर्छ । अन्धोपना, टाउकोमा पानी जम्ने, धेरै टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या लिएर कतिपय बिरामी आएका हुन्छन् । यस्ता बिरामीलाई चाँडोभन्दा चाँडो सम्बन्धित चिकित्सकसमक्ष रिफर गर्नुपर्छ । यसबाट समस्या न्यूनिकरण हुनुका साथै समस्याबाट धेरैलाई जोगाउन सकिन्छ ।
(डा. झा बीर र नर्भिक अस्पतालमा कार्यरत हुनुहुन्छ ।)
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
