जनस्वास्थ्य सरोकार, काठमाडौं । ‘सबैका लागि मानसिक स्वास्थ्यः यसलाई वास्तविकतामा उतारौंं’ भन्ने मूल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस २०२१ नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबल १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाउने गरिएको छ ।

कोभिड—१९ महामारीले मानिसको मानसिक स्वास्थ्यमा ठूलो असर पारेको छ । यसले स्वास्थ्य क्षेत्रलगायत अग्रपक्तिमा काम गर्ने व्यक्ति, विद्यार्थी, एक्लै बस्ने मानिस र विगतदेखि मानसिक स्वास्थ्य बिग्रिएकाहरु निकै प्रभावित भएका छन् । कतिपय व्यक्ति मानसिक र न्युरोलोजिकल सेवा लिनबाट बञ्चित छन् ।
तैपनि आश मरेको छैन । मे २०२१ मा विश्व स्वास्थ्य सम्मेलनले सबै स्तरमा गुणस्तरीय मानसिक स्वास्थ्य सेवाको आवश्यकता महसुस गराएको छ ।
केही देशहरुमा मानसिक स्वास्थ्यका नयाँ तरिकाहरु अपनाइएको भेटिएको छ ।
यस वर्षको मानसिक स्वास्थ्य दिवसले सकारात्मक कथाहरुलाई उच्च प्राथमिकतामा राख्न प्रोत्साहित गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

