जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ ।
राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो ।

तथ्याङ्कअनुसार ११ लाख जनता मानसिक समस्याको शिकार भएका छन् । यस्तै थप १३ देखि १७ वर्ष उमेरका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीले हालको अवस्थामा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् ।
यसको परिणामस्वरूप ६ दशमलव ५ प्रतिशत वयस्कले तत्कालीन अवस्थामा आत्महत्याको सोच रहेको अनुभव गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले कोरोना महामारीमा समेत मानसिक स्वास्थ्य समस्या झनै विकराल बनेको बताउनुभयो । उहाँले कोरोनाकालमा मानसिक स्वास्थ्यको अवस्था झनै जटिल बन्दै गएको भन्दै सङ्क्रमणको त्रास उत्पन्न सामाजिक, आर्थिक र शैक्षिक असमानता बढेको बताउनुभयो ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा हरेक दिन औसत २० जना व्यक्तिले आत्महत्या गरेका छन् । विगतका वर्षभन्दा यो १३ दशमलव ७ प्रतिशतले बढी हो । मन्त्रालयका अनुसार सरकारले यस वर्ष देशभरका १३ सरकारी अस्पतालमा १० शैयाका दरले कुल १३० शैया मानसिक स्वास्थ्यका लागि छुट्याएको छ ।
हरेक वर्ष १० अक्टोबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो वर्ष ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ विश्वभर मनाइएको छ । नेपालमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा सङ्घ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानकै रूपमा मनाइयो । स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले मानसिक समस्याले आत्महत्या जस्ता समस्या बढाएको भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा।डा। सरोजप्रसाद ओझाले मानसिक स्वास्थ्यका मुद्दा अझै पनि सम्बोधन हुन नसकेको बताउनुभयो । उहाँले समाजको डर, सामाजिक लाञ्छना, भेदभाव र जनचेतनाको अभावले मानसिक समस्या लुकाउन बाध्य भएको बताउनुभयो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
